अर्घाखाँची । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा अर्घाखाँची जिल्लाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा तरुण युवा नेता एवं समाजसेवी कपिल पोख्रेलले उम्मेद्बारी दिने भएका छन। स्पष्ट विचार भएका बौद्धिक एवं शालिन युवा नेता पोख्रेलले आसन्न काङ्ग्रेस महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी दिने घोषणा गरेका हुन। उनले यो घोषणा आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिसकेका छन।

अर्घाखाँची काङ्ग्रेसलाई नमुना काङ्ग्रेस बनाउदै सबै जनताको काङ्ग्रेस, सिमित वर्गको मात्र नभइ सबैको एक ढिक्का काङ्ग्रेस बनाउन पर्ने परिस्थिति सृजना भएका कारण आफुले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी दिने  हिन्दुखबरलाई बताए।

नमुना काङ्ग्रेस स्थापनाको लागि स्पष्ट सोच भएको युवा र सक्षम नेतृत्व चुन्नका लागि सम्पुर्ण परिवर्तनशिल र गतिशील काङ्ग्रेसजनहरु समक्ष आफुलाइ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मत दिई विजय बनाउन उनले अनुरोध गरेका छन। अहिले क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका प्रतिनिधिहरु पनि परिवर्तनशिल र अग्रगामी सोचका भएकाले आफुलाइ मत दिएर निर्वाचित गराउनेमा बिश्वास रहेको बताएका छन।

महाधिवेशन प्रतिनिधि भइसकेपछी कुनै गुट, उपगुट र स्वार्थ नहेरी सवल र सक्षम काङ्ग्रेस निर्माण गर्ने नेतृत्व चुन्नका निमित्त लागिपर्ने ज्लेपोख्रेलले बताए। हुने खाने र सिमित बर्गको मात्र पार्टी हुन लागेको यो अवस्थामा सिमित बर्गबाट सबै जनताको मनमा बस्ने काङ्ग्रेस बनाउने अभियानमा लाग्न पनि सम्पुर्ण काङ्ग्रेसजनलाइ उनले आव्हान समेत गरेका छन।

मेरो उम्मेद्बारी आग्रह या पुर्वाग्रहका लागि होइन, गुट उपगुट बिस्थापन एवं सबल र सुदृढ काङ्ग्रेस निर्माणका लागि हो भन्दै युवा नेता पोख्रेलले  पार्टी एकताको सन्देश दिदै पार्टीलाई रुपान्तरण सहित गतिशिल बनाउने यो अभियानमा सामेल भइ भव्य रुपमा महाधिवेशन सफल पार्न आआफ्नो ठाउबाट सबैले सहयोग गर्न पनि समग्र जनता एवं काङ्ग्रेसजन समक्ष उनले अपिल गरेका छन।