नेपाली काँग्रेस जिल्ला कमिटी अर्घाखाँचीको सदस्यमा गोपालप्रसाद भुसालको उम्मेद्वारी

102

अर्घाखाँची । नेपाली काँग्रेस जिल्ला कार्य समितीको सदस्यमा गोपालप्रसाद भुसालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । । नेपाली कांग्रेस अर्घाखाँची जिल्लाका पुर्व सदस्य एवम सन्धिखर्कका लोकपृय नेता गोपालप्रसाद भुसालले अर्घाखाँची कांग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लाग्नुभएको हो ।

लामो समयसम्म अर्घाखाँची जिल्लामा कांग्रेसको संगठन निर्माण अभियानमा सकृय भएकोले जिल्ला सदस्य पदमा वहाँको उमेदवारीलाई सबैले आवश्यक ठानेका छन । बिगत १५ वर्षदेखि नै जिल्लामा समेत नेता भुसाल लोकपृय मानिन्छन । कांग्रेसको जितमा उनको योगदान अतुलनीय हुने कुरामा सबै सहमत भएको र वहाँको उम्म्ेदवारी स्वभाविक छ, वहाँलाई जिताउनु भनेको कांग्रेसको संगठन दु्रत गतिमा अघि बढ्नु र कार्यकर्ताले न्याय पाउनु हो । युवाहरुका पिरमर्का बुझ्ने तथा युवाहरुलाई अघि लगाउन मन पराउने वहाँको बानी हाम्रा लागि अनुकरणीय छ ।

विपक्षी दलहरुसंग आवश्यकताअनुसार मिलेर सहकार्य गर्न तथा विशेष परिस्थितिमा विपक्षीसंग जुधेर संघर्ष गर्ने कार्यमा समेत वहाँको अब्बलता देख्न सकिन्छ । सबैसंग सरल व्यवहार देखाउने, सबैलाई सहयोग गर्न मन पराउने तथा कार्यकर्ताको समस्या समाधानका लागि हरकदम प्रयासरत रहेर सफलता दिलाउनु वहाँको मुख्य विशेषता हो । विकास निर्माणका काममा तथा कार्यकर्तालाई आवश्यक ठाँउमा रोजगार दिलाउन अहम भूमिका निर्वाह गर्न सक्ने भुसाललाई जिताउनु कांग्रेसका लागि सुनौलो अवसर हो ।

त्यसैले सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुमा गोपालप्रसाद भुसाललाई जिल्ला सदस्य पदमा अत्यधिक मतसहित बिजयी गराउन अनुरोध गर्नुभएको छ ।