नेपाल बन्दको पूर्वसन्ध्यामा सदरमुकाम सन्धिखर्कमा विप्लवकाे मसाल जुलुस प्रदर्शन

329

हिन्दुखबर संवाददाता
अर्घाखाँची, २९ कात्तिक । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले अर्घाखाँचीले केन्द्रीय कार्यक्रम अनुसार भाेलिकाे नेपाल बन्दको पूर्वसन्ध्यामा सदरमुकाममा सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन गरेको छ । सदरमुकाम सन्धिखकं बाट निस्किएको मसाल जुलुस चुत्राबेसी बजारमा आएर काेणसभामा परिणत भएको थियोे । काेणसभालाई सम्बाेधन गदै नेकपाका जिल्ला सेक्रेटरी खेम घर्तिले सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्वि फिर्ता नगरेकोले सङ्घर्षमा उत्रिएको बताउदै मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताउदै फिर्ता नभए कडा कदम चाल्ने बताए । भाेलि बन्दलाई सफल बनाउनका लागि उद्याेगी, व्यवसायी, संघसंस्था सराेकारवाला निकाय सबैलाई आग्रह गरेका छन् ।