प्रदेश अधिवेशन प्रतिनिधी पदमा कृष्णप्रसाद पोख्रेलको उम्मेदवारी

41

अर्घाखाँची ।
नेपाली काँग्रेसको महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको सरगर्मी बढेसँगै नेताहरु उम्मेदवारी घोषणा सँगै मत माग्न व्यस्त छन् ।

नेपाली कांग्रेस अर्घाखाँचीका संगठन विभाग सदस्य पाणनी गाउँपालिका वडा नम्बर १ निवासी कृष्णप्रसाद पोख्रेलले प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश अधिवेशन प्रतिनिधी पदमा उम्मेदवारी घोषणा गरेका छन् । पोख्रेल धेरै समयसम्म देखि कांग्रेसको राजनितिमा सक्रिय थिए । पोख्रेल सुशिल कोइराला सोसलिष्ट युथ सर्कसको केन्द्रिय उपाध्यक्ष भएर काम गरेका छन् ।

पोख्रेल काँग्रेसका युवानेता हुन । अर्घाखाँचीमा प्रदेश सभाको अधिवेशन मंसीर ३ गते हुने छ ।