अर्घाखाँची ।
नेपाली काँग्रेसको महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको सरगर्मी बढेसँगै नेताहरु उम्मेदवारी घोषणा सँगै मत माग्न व्यस्त छन् ।
नेपाल कांग्रेस विद्यार्थी संघका नेता सन्धिखर्क नगरपालिका ११ निवासी ओमहरी आचार्यले प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश अधिवेशन प्रतिनिधी पदमा उम्मेदवारी घोषणा गरेका छन् । आचार्य धेरै समय देखि नेविसंघको राजनितिमा सक्रिय थिए । आचार्य नेपाल विद्यार्थी संघमा सक्रिय भएर काम गरेका छन् ।
आचार्य काँग्रेसका युवानेता हुन । अर्घाखाँचीमा प्रदेश सभाको अधिवेशन मंसीर ३ गते हुने छ ।