काँग्रेस महाधिवेशन प्रतिनिधीमा सानुकाजी प्रजापतिले उम्मेद्वारी दिने

67
काठमाडौँ  । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ को महाधिवेशन प्रतिनिधी (आदिवासी जनजाती तर्फ) सानुकाजी प्रजापतिले उम्मेद्वारी दिने हुनुभएको छ ।
पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा टोखा ९ गोँगबु निवासी प्रजापतिले उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । यसभन्दा पहिले नेपाली काँग्रेस टोखाको वडा कार्यसमितिमा बसेर काम गरिसक्नुभएका प्रजापति विगत २४ वर्षदेखि काँग्रेसमा आवद्ध हुँदै आउनुभएको छ ।
विगत २७ वर्षदेखि नेपालको यातायात क्षेत्रमा लाग्नुभएका प्रजापति सामाखुशी यातायात प्रालि एवम् दिगो सार्वजनिक यातायात कम्पनी प्रालिका अध्यक्षसमेत हुनुहुन्छ । देशभरको यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत भइसक्नुभएका उहाँ नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ ।
विपी कोइरालाले अवलम्बन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारालाई मूर्त रुप दिई मुलुकको आर्थिक विकासका लागि आफुले महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिन लागेको प्रजापतिले बताउनुभयो ।