काभ्रे काँग्रेसको महाधिवेशन प्रतिनिधीमा सन्जय लामाले उम्मेद्वारी दिने

48

काभ्रे, ४ मंसीर । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधी (खुला तर्फ) सन्जय लामाले उम्मेद्वारी दिने हुनुभएको छ ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा काभ्रेपलाञ्चोक क्षेत्र नं १ बाट लामाले महाधिवेशन प्रतिनिधी पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो ।

विस २०६१÷०६२ सालको जनआन्दोलनमा सक्रिय भएर लाग्नुभएका लामा नमोबुद्ध नगरपालिका– ६ का स्थायी बासिन्दा हुनुहुन्छ । लामाको बुबा नेपाली काँग्रेसको तर्फबाट वडा सभापति एवम अध्यक्षसमेत बनिसक्नुभएको छ । लामा काभ्रेका व्यवसायी एवम् उर्जाशील नेता हुनुहुन्छ ।

विस २०६५ सालमा नेपाल कमर्श क्याम्पस मीनभवनमा पढ्दा नेविसङ्घको उम्मेद्वारलाई जीताउन महत्वपूर्ण भूमिका खेल्नुभएका लामाले विस २०७० सालको संविधान सभा निर्वाचन र विस २०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जीताउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।