७४% मतका साथ केन्द्रिय महाधिवेशन जितेका युवा नेता श्रेष्ठ जिल्ला सभापतिमा भिड्दै !

164

पाल्पा । 
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पा क्षेत्र नं २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा नेपाली काङ्ग्रेस पाल्पा जिल्ला पार्टी सभापति एवं उर्जा मन्त्री मा. वीर बहादुर राना ज्युलाई पच्छाँउदै ७०४ कुल मतमा कुल मतको ७४.२८ प्रतीशत अर्थात ५२३ मत सहित दोस्रो स्थानमा अत्याधिक बहुमतका साथ चुनाव जितेर पाल्पा नेतृत्वका लागि सक्षम रहेको कुरा आम पाल्पालिले बुझेको कुरा स्पष्ट छ् । केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा पार्टि सभापति एवं लुम्बिनी प्रदेश उर्जा मन्त्री मा. वीर बहादुर राना ज्यु र युवा नेता महासमिति सदस्य हिमाल दत्त श्रेष्ठ ज्युको मतान्तर २१ रहेको थियो ।

देशमा राजनैतिक संघर्षले तिखारिएका युवाको जोशलाई वृद्धको होस सँग संयोजन गरि हाइब्रेड नेतृत्व तयार गरि मोड्नुपर्ने अहिलेको राजनैतिक घटनाक्रमले देखाउन्छ । गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र सुशील कोइरालाको समाधिको अग्रपंक्तिमा स्वयंसेवकको रुपमा रहेका हिमाल दत्त श्रेष्ठ जन आन्दोलनमा सहभागी हुँदा आफ्नो बुवाको मृत्युको समयमा बुवाको दाहसंस्कार र एक पटक मुख समेत हेर्न पाएनन् । त्यही समयमै बुवाको दुःख वारि रहेको समयमा त्रि.वि क्याम्पसमा देशभक्त संगले आक्रमण गर्दा हात भाचिएका श्रेष्ठ जन आन्दोलनका घाइते २०५९ को प्रतिगमनको आन्दोलनको सुरुदेखी नै नेपाली कांग्रेसका स्थायी आमन्त्रित सदस्य रहेका श्रेष्ठ पार्टी एकता पछि जिल्ला कार्यसमिति सदस्यमा २०६२ देखि रहेका उनी पटक पटकको जनआन्दोलनमा काठमाडौँ र पाल्पा गिरफ्तारीमा परेका श्रेष्ठ जन आन्दोलनका एक अविरल योद्धा थिए ।

बामपन्थीबाट आजित भएका नेपाली जनताको चाहनालाई मूर्तता दिने हो भने युवा वय नेतृत्वको कांग्रेस अबको आवश्यकता हो । दुई तिहाइको सरकारले मच्चाएको लुटतन्त्रको धज्जी उडाउन सक्ने नेतृत्व कांग्रेसलाई चाहिएको छ । आसन्न नेपाली काँङ्ग्रेसको जिल्ला महाधिवेशन नजिकिदै गर्दा नेपालि काँग्रेंसको पाल्पा जिल्ला नेतृत्वमा सभापति पदको लागि चर्चित युवा नेता हिमाल दत्त श्रेष्ठको चर्चा परिचर्चा व्यापक मात्रामा आएको छ । करिब १३ वर्षको उमेर देखि नेपालि काँग्रेंसको राजनितिमा उनि आवद्ध भएका श्रेष्ठको निजि घरमा नेपाली काङ्ग्रेसको जिल्ला कार्यालय थियो । ठाकुर चन्द्र बिप्र र गम्बिर जङ्ग कार्कि पाल्पा जिल्ला नेपालि काँग्रेंसको सभापति हुँदा उनको निजि घर नेपालि काँग्रेंसको जिल्ला कार्यालय थियो । यसै कारण पनि उनले नजिक देखि राजनिति नियाल्न र स्थानिय जिल्ला कार्यकर्ता सँग घुलमिल हुन पाएका हुन् । पाल्पा जिल्लाका ग्रामीण भेग वा नगरभेगका कार्यकर्ताको सेन्टर स्थानमा थियो उनको निजि निवास सुखदुखका सारथि थियो – पाल्पा जिल्लाका नेपालि काँग्रेंसका कार्यकर्ताको निम्ति ! सानो उमेरमा राजनीति गर्न लागेका उनी सानै उमेरमा पाल्पा सेन मा.वि. नेविसंघको इकाई सभापती समेत भएका श्रेष्ठले नेविसंघ पाल्पा जिल्ला सभापतिमा समेत सक्रिय रहेर काम गरे । माओवादी जनयुद्धको समयमा पाल्पा नेविसंघको अध्यक्ष हुँदा पाल्पाका सबै विद्यालयमा नेविसंघ गठन गरेर हिडेका थिए ।

त्यसो त हिमाल दत्त श्रेष्ठ माध्यमिक स्कुल देखि विद्यार्थी राजनीतिमा सक्रिय हुन् । न त उनी एकै पटक माथिल्लो पद लिएका छन् उनी तल देखि माथी सम्म क्रमिक रुपले अघि बढेका हुन् । नेविसंघ सेन मा.वि इकाई सभापति बाट, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको इकाई सदस्य हुँदै इकाइ सभापति अनि निर्वाचित स्व.वि. यु सदस्य, उपसभापति हुँदै सभापति भएका हुन् र उनले हस्तान्तरण पनि नेविसंघ जुन समयमा नेपालि कांग्रेस विभाजित थियो त्यो बिभाजनकारि समुह अखिल सँग मिल्न गएको थियो उक्त समुह अखिल सँग मिल्दा पनि नेविसंघको सम्पूर्ण समुहलाइ निर्वाचित गर्न सफल भए | यसरी एक पछि अर्को पद प्राप्तिको अवसर पाएको कुरा बाट उन्को जिम्मेवारी बहनको निष्ठा स्पष्ट हुन्छ । नेविसंघको चितवन महाधिवेशनमा पश्चिमाञ्चल क्षेत्र् देखि सबै भन्दा बढी मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०६७ साल को १२ औँ जिल्ला महाधिवेशनमा पाल्पा जिल्ला सदस्यमा प्रथम स्थानमा जिल्ला सदस्य निर्वाचित भएका उनि २०७२ साल को १३ औँ महाधिवेशनमा एक्लै महासमितिमा अत्याधिक मतले निर्वाचित भएको।सर्वविदितै छ | हिमाल दत्त श्रेष्ठ चाहे वृद्ध, चाहे युवा विद्यार्थी सबै पाल्पालि कार्यकर्ताको मुटुमा बस्न सफल भएको कुरा उनको समर्थनको जमातले बताउन्छ । उनको त्यो क्षमता देखेर नेपाली काङ्ग्रेसको केन्द्रिय स्थापना इतर पक्षले नेविसंघको केन्द्रीय महामन्त्रीमा उमेदवार बनायो तर विडम्बनाको कुरा आन्तरिक व्यावस्थापन नमिल्दा मात्र १६ मतको झिनो मतले उपविजेता भए तर उपविजेता भए पनि नेपाल विद्यार्थी सघंको संङ्ठन निर्माणमा विजेता भएर अझ सक्रिय रहे | यदि मत बदर नभएको भएमा जित सुनिश्चित भएका मुल्यांकन अंकगणितिय हिसाबले त्यति बेला नै भएको थियो । राजनैतिक तर्फ मात्र हैन निस्वार्थ विशुद्द सामाजिक सेवामा समर्पित अन्य धेरै संघ संस्थामा रहेर काम गरेका व्यक्ती हुन श्रेष्ठ ।

केहि समय अगाडि केहि महिना अमेरिका रहेपनि त्यहाँ रहेर नेपाली काङ्ग्रेसको सङठन निर्माण र एन.आर.एन निर्वाचनमा लोकतन्त्र समुहलाई जिताउन लागेका थिए साथै पाल्पालि सघंलाई अमेरिकामा सशक्त बनाएका थिए | साथै कोरोनाको लागि चाहिने मेडिकल सामग्री पाल्पा लगायत देश भरि अमेरिका देखि सङ्कलन गरेर नेपाल पैठारी गरे | उन्ले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रतिस्पर्धाका लागि आवश्यक स्वास्थ सामग्री पाल्पाका विभिन्न ग्रामीण भेग एक संघ संस्थामा वितरण गर्दै आएका छन् । उनी नेपाल फर्किएपछि निरन्तर जसो स्वास्थ सामग्री वितरणमा लागिरहेको कुरा संबंधित सर्वविदितै छ । पाल्पालि संगम अमेरिकाको सहयोगको नेतृत्व गर्दै पनि श्रेष्ठले असीमित सहयोग गरेका छन् । विपि कोइरालाको केन्द्रिय समितिका सदस्य रहेका पाल्पाका नेता स्व.टंकनाथ काफ्लेको स्मृतिमा  रामपुरमा शालिका निर्माण गर्ने योजनामा पनि उनी लागि

परेका छन् । यस्तै यस्तै कारण पनि आम पाल्पालि जनता, काङ्ग्रेसि कार्यकर्ताको मन मष्तिष्कको अति रोजाईमा छ्न् हिमाल दत्त श्रेष्ठ | पार्टी भित्र गुटका रुपमा आफुलाई प्रतिपक्षी ठान्ने केही व्यक्तिले उनको उम्मेदवारीलाई हटाउन विभिन्न षड्यन्त्रका तानामुनाहरु बुनिरहेको कुरा मिडिया मार्फत देखाएका संकेतले प्रष्ट छ । तर हिमाल दत्त श्रेष्ठ भने आफू बहुमत समर्थनको बिचमा छुट्टै शान्त मनको हरिण रहेको महुशुस गरेर अडिग रहेर सामाजिक काममा लागि रहेका छन् ।
उनि विगतमा जस्तो पाल्पालाइ शिक्षाको केन्द्र पश्चिमाञ्चलको बनाउन सरकारी स्कुल र सरकारी कलेज स्तरउन्नतिमा पहिले देखि नै ध्यान दिदैँ आएका छन् ।निजि स्कुल र निजि कलेज भन्दा सस्तो सुलभ मुल्यको सरकारी स्कुल र सरकारी कलेज स्तर उन्नतिको लागि सदा लागि पर्छन् | हिमाल दत्त श्रेष्ठको चाहना सरकारी स्कुल र सरकारी कलेजलाई उत्कृष्ट बनाउनुमा सदा लागि पर्छन् |
अबका नेतृत्वले विधिको ब्याडमा नितिको बिरुवा उमार्न सक्नुपर्छ । अधिवेशन जित्नसक्ने आट राख्नेले आउने आम निर्वाचनको कसरत र सफलताको पनि हेक्का राख्न सक्नुपर्छ भन्ने प्रमुख कुरा हो । पाल्पालाई शिक्षा र पर्यटन क्षेत्र हब बनाउन र नेपाली काँग्रेसलाई पहिलो दल बनाउने याेजनामा रहेका श्रेष्ठले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा पाल्पा जिल्ला सभापति पदमा उम्मेदवारी दिएका छन् ।

जानकारीका लागि छोटकरीमा हिमाल दत्त श्रेष्ठका मुख्य राजनैतिक इतिहास घटनाक्रम:-

वि.सं. २०५१ – नेविसंघ सेन मा.वि सभापति,
वि.सं. २०५४ -नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई सदस्य,
वि.सं. २०५५- त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा स्व.वि.यु सदस्य,
वि.सं. २०५६- त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा का.वा इकाई सभापति,
वि.सं. २०५७- त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा स्व.वि.यु. उपसभापति,
वि.सं.२०५८- नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई सभापति
वि.सं.२०६०- त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा स्व.वि.यु. सभापति, जनआन्दोलन बाट काठमाडौँमा गिरफ्तारी १७ दिन पछि रिहा अामन्त्रित जिल्ला सदस्य २०६०
वि.सं. २०६१- नेविसंघ पाल्पा जिल्ला सभापति,
वि.सं. २०६२ – नेविसंघ मनोनीत केन्द्रिय सदस्य,
वि.सं. २०६४ नेविसंघ केन्द्रिय सदस्य (चितवन महाधिवेशनमा पश्चिमाञ्चल क्षेत्र् देखि सबै भन्दा बढी मत प्राप्त गरि),
वि.सं. २०६४- नेपाली काङ्ग्रेस पाल्पा जिल्ला सदस्य(प्रथम स्थानमा निर्वाचित),
वि.सं. २०७३ नेविसंघ केन्द्रिय महामन्त्री उम्मेदवार ,
वि.सं. २०७२ -नेपाली काङ्ग्रेस पाल्पा महासमिति सदस्य (१३ औँ महाधिवेशनमा
वि.सं. २०६१ – जनआन्दोलनमा पाल्पामा गिरफ्तारी
वि.सं. २०६०- त्रि.वि. क्याम्पसमा आक्रमणमा परि घाइते