चितवन कांग्रेस सभापतिका लागि प्राडा घिमिरेको उम्मेद्वारी

217

चितवन ।

नेपाली कांग्रेस चितवनको नेतृत्वमा पुग्न नेताहरुले कसरत तीव्र पारेका छन् । प्राडा सुर्यकान्त घिमिरे , कैलाश कोइराला, उत्तम जोशी, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल र विजयशर्मा भुषाल जिल्ला सभापतिको दौडमा छन् । यस्तै नेपाली कांग्रेस चितवनको सभापति पदमा प्राडा सुर्याकान्त घिमिरेले उम्मेद्वारी घोषणा गरि चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरे २५ वर्ष शिक्षण पेशामा सक्रिय थिए । जागिरकै शिलशिलामा उनी कैयन पटक जेलजिवन र प्रहरीको धरपकडमा परेका व्यक्ति हुन् । शिक्षण पेशामा आउनुपहिले उनी २०४५ सालमा नेविसंघ चितवनको नेतृत्व सम्हालेका थिए । भरतपुर महानगरको मेयरको उम्मेदवार बन्न रजिष्ट्रारबाटै राजिनामा समेत दिएका थिए । उनी भन्छन्, ‘कांग्रेसको कार्यकर्ताले रुखमै भोट दिने वातावरण बनाउन उभिनेछु, विगत जस्तो गल्ती दोहोरिन दिनेछैन ।’ भन्दै जिल्ला सभापति पदमा आफुलाइ सम्पुर्ण मतदाताहरुले विश्वास गर्ने बताएका छन् ।

सभापतिका उम्मेद्वार घिमिरेले धेरै उम्मेद्वार भएपनी यसपटकको सभापति पदमा आफुलाइ जिताए नेपाली कांग्रेस चितवनको संगठनलाई सबल सुदृढ र गतिशील बनाई आगामी तिनै तहको निर्वाचनमा कांग्रेसलाई जिताउने संकल्प लिएको बताएका छन् ।