अब पनि सुध्रिएन भने काँग्रेस समाप्त भएर जान्छ : गगन थापा

65

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले आफ्नो पार्टी अव पनि नसुध्रिने हो भने समाप्त हुने बताएका छन् ।

मंगलबार काठमाडौँमा शंकर तिवारीले लेखेको पुस्तक ‘कसले सुधार्ने काँग्रेस’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए पार्टीका नौ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने बताएका हुन् ।

उनले नौ लाख पार्टीका कार्यकर्तालाई काँग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काँग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काँग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सक्नुपर्नेमा जोड दिए ।

काँग्रेसले चुनाव जित्ने दाबी गरिरहेका बेला काँग्रेसले किन जित्नुपर्छ भन्ने कुराको आम जनतामा बोध गराउन सक्नुपर्ने बताए ।