प्रकाशमान र शेखरले नमानेपछि रामचन्द्र पौडेलले भने : त्यसो भए म राजनीति छाड्छु, घरै बस्छु

208

काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आंकाक्षीहरु मिल्ने भन्दा नमिल्ने दिशामा अघि बढेका छन्। प्रकाशमान र शेखरले नमानेपछि पाैडेलले भने त्यसाे भए म राजनिति छाड्छु, घरमै बस्छु ।

नेपाली काँग्रेसको साझा उम्मेदवार तय गर्न बुधबार बसेको संस्थापन इतर पक्षको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित मुद्रामा प्रस्तुत भए । नेताहरु यसैगरी आपसमा नमिल्ने हो भने राजनीतिबाटै सन्यास लिनेसम्मको अभिव्यक्ति नेता पौडेलले बैठकमा व्यक्त गरे ।

संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै पौडेलले बैठकमा भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् ।

आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’ बरिष्ठ नेता पौडेलको यो आक्रोशबारे बैठकपछि बाहिर निस्केका अर्का नेता डा. रामशरण महतले भने, ‘रामचन्द्रजी आक्रोशित रुपमा प्रस्तुत हुनुभयो ।’