विनोद चौधरी र उमेश श्रेष्ठ काँग्रेस महाधिवेशनमा उम्मेद्वार बन्न नपाउने

113

काठमाडौँ, २३ मंसीर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सांसदद्धय विनोद चौधरी र उमेश श्रेष्ठ उम्मेद्वार बन्न नपाउने भएका छन् ।

पार्टीको भोलिदेखि सुरु हुन लागेको १४ औँ महाधिवेशनमा क्रियाशिल सदस्यताका कारण सांसदद्धय चौधरी र श्रेष्ठ केन्द्रीय सदस्यमा उम्मेद्वार बन्न नपाउने भएका हुन् ।

सांसद चौधरी विस २०७४ सालमा नेकपा (एमाले) बाट काँग्रेसमा प्रवेश गर्नुभएको र श्रेष्ठले क्रियाशिल सदस्यता लिएको ७ वर्षमात्र पुगेकाले दुबै सांसदहरु काँग्रेस केन्द्रीय सदस्य लड्न नपाउने भएका हुन् ।

नेपाली काँग्रेसको विधानको परिच्छेद–६, १६ (च) अनुसार ‘केन्द्रीय महाधिवेशनले कम्तिमा १० वर्ष निरन्तर नेपाली काँग्रेसको सदस्य रहेको केन्द्रीय महाधिवेशन प्रतिनिधीमध्येबाट यस विधानमा तोकिएबमोजिम केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यको निर्वाचन गर्नेछ,’ भन्ने उल्लेख छ ।

पार्टी समायोजन भएकालाई मात्र काँग्रेसको उम्मेद्वार बन्न पाउने प्रावधान विधानले दिएसँगै चौधरी र श्रेष्ठ केन्द्रीय सदस्य बन्न नपाउने भएका हुन् । सांसद चौधरी नवलपरासी र श्रेष्ठ चितवनबाट महाधिवेशन प्रतिनिधी निर्वाचित भएका हुन् ।