अर्घाखाँची कांग्रेस नेताहरुः गुटमा परे सह–महामन्त्री देखी केन्द्रीय सदस्यका दाबेदार नौजना

2266
तस्विर डिजाईनः नेपाल प्रेसबाट ।

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितीको निर्वाचनको समय नजिकिदै जादाँ केन्द्रीय नेतृत्वमा आकांक्षीहरु बढ्दै गएका छन् । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीबाट महाधिवेशनका लागी २६ जना प्रतिनिधी चयन भएका छन् ।

अर्घाखाँचीबाट दुई जना केन्द्रीय सदस्य र जिल्ला सभापति गरी २९ जनाले महाधिवेशनमा मतदान गर्न पाउँछन् । तर यहाँबाट दुई सहमहामन्त्रीसहित ९ जनाले केन्द्रीय समितिमा उम्मेदवारी घोषणा गरेका छन् । उनीहरु अहिले टिकटका लागि केन्द्रीय पहुँचवाला नेताको घरघरमा पुगेर दौडधुपमा लागेका छन् ।

वर्तमान केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री मानबहादुर विक र संघीय संसदको सचेतक रहेकी पुष्पा भुसालले सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । शेरबहादुर देउँवा निकटका विक र भुसाल एकै जिल्लाबाट सहमहामन्त्रीको दाबी गर्दा दुबै जनाले गुटमा टिकट पाउँने सम्भावना कठिन देखिछ ।

महिला नेतृ भुसाल महिलातर्फबाट सहमहामन्त्रीको दाबी गरिरहेका छन् । भने बिकले दलिततर्फबाट दाबी गरेका छन् । अर्घाखाँचीमा देउँवा निकटको सभापति विजयी नहुँनु, महाधिवेशन प्रतिनिधीमा धेरै प्रतिनिधीहरु पौडेल पक्षबाट विजयी भएका कारण दुबै जनाले टिकट पाउँन समस्या देखिएको देउवानिकट स्रोतले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेका उनीहरु दुवैले अगाडि सारेका यादवप्रसाद घिमिरे, गुट विनाका स्वतन्त्र उम्मेदवार इन्द्रमणि पौडेलभन्दा पनि कमजोर देखिएपछि धक्का दुबैजनालाई लागेकोछ ।

जिल्लाबाट संस्थापनइतर समूहमध्येको अगाडि जाने निकै प्रतिस्पर्धा छ । यो समूहबाट पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवतीप्रसाद भुसाल रामचन्द्र पौडेल निकटका विश्वासका पात्र हुन ।

पूर्वजिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसाल तरुण दलको राजनितिबाट नै केन्द्रमा राम्रो प्रभाव बनाएको बुझिन्छ । छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले नेविसंघको राजनितीमा सक्रिय रहदाँ युवा नेताहरुसँग राम्रो सम्पर्क रहेको पाईन्छ ।

कांग्रेस नेताहरु डाक्टर जयबहादुर टण्डन, हिम्मत टण्डन, रामबहादुर बिसी र डाक्टर मुक्ति श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरुले प्रचारसमेत सुरु गरिसकेका छन् ।

यीमध्ये डाक्टर मुक्ति श्रेष्ठ नेता रामचन्द्र पौडेल नजिक रहेको र जनजाति पनि भएकाले सजिलै टिकट पाउने आँकलन गरिएको छ ।