कल्याण गुरूङद्वारा सभापतिमा पहिलो उम्मेदवारी दर्ता

192

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार बिहान १० बजेबाट मनोनयन सुरु भएसँगै गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यको १० हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।