कांग्रेस महामन्त्रीमा हार्ने भएपछि रिजालले रक्षामन्त्रीबाट राजिनामा दिने

188

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा शेखर कोइराला समुहबाट महामन्त्रीका उम्मेद्वार बनेका डा मिनेन्द्र रिजालले प्रारम्भिक आफ्नो कम आएको थाहा पाएपछि रक्षामन्त्रीबाट राजीनामा दिने बताएका छन् । सामाजिक संजाल फेसबूकमा रिजालले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’