रक्षामन्त्री डा मिननेन्द्र रिजालद्वारा राजीनामा

82

काठमाण्डाै – रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएकाे छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजालले पराजित भएपछि राजीनामा दिनुभएकाे हाे ।

उहाँले आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएकाे छ । यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घाेषणा गर्नुभएकाे थियाे ।

यसैबीच कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएकाे छ ।