अनन्त प्रसाद घिमिरे
अर्घाखाँची । जीवन संघर्षमय छ। संघर्षमय जीबनमा पनि कहिलेकाही त सोच्दै नसोचेको परिस्थितिसग जुध्नुपर्ने वाध्यता समेत आइपर्छ। यस्तै असहज एवं कठिन परिस्थिति आइलागेको छ,अर्घाखाँची जिल्लाको पाणिनि ३, फर्सवाटाकुरा निवासी नारायण गौतमको परिवारमा आएको छ ।
पाणिनि ३ निवासी नारायण गौतमकी २८ वर्षीय श्रीमती विमला गौतम यतिखेर पाठेघरको क्यान्सर रोग लागेर मृत्युसग संघर्ष गरिरहनु भएको छ तर उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएको र बिहान बेलुकाको हातमुख जोर्न समेत समस्या भएका कारण उपचारमा कठिनाइ देखिएको छ।
उहाँको जीवनरक्षाका लागि परिवार एवं पाणिनि ३ को वार्ड कार्यालयले समेत सम्पुर्ण संघ सस्था लगायत मानवतावादी जनहरुमा अनुरोध गरेको छ। तपाईं हाम्रो संयुक्त सत् प्रयासबाट मात्रै वहाँको जीवन रक्षा सम्भब हुने भएकोले आफुसक्दो सहयोग गरि मानवताको परिचय दिऔं।
सहयोगी मनहरुका लागि-
ग्लोबल आइ.एम.इ.बैंक खाता नम्बर M807010002147 नारायण गौतम (पोखराथोक ) शाखा