मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा सिम्खडा

126

काठमाडौँ, ४ पुस । गोँगबुको मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा दिपककुमार सिम्खडा निर्वाचित हुनुभएको छ । समितिको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारण सभाले सिम्खडाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा गङ्गा पन्त, प्रथम उपाध्यक्षमा रुद्र दाहाल, उपाध्यक्षमा ज्ञानु गुरुङ, महासचिवमा अर्जुन श्रेष्ठ, सचिवमा शिवशरण डङ्गोल, कोषाध्यक्षमा राम खतिवडा र सहकोषाध्यक्षमा जयलक्ष्मी कार्की निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यमा लक्ष्मीप्रसाद गुरुङ, चुडामणि निरौला, भोजेन्द्र जिसी, बुद्ध महर्जन, हरिकृष्ण महर्जन, सुनिरा प्रधान, लिलाकुमारी गुरुङ, कृष्ण भण्डारी र मञ्जु कार्की विजयी हुनुभएको छ ।

समितिले प्रशासनिक सचिवमा हेमबहादुर श्रेष्ठलाई चयन गरेको छ । दुई दशक पहिले स्थापना भएको उक्त समितिले नयाँ बसपार्क र मित्रनगर क्षेत्रमा वृक्षारोपण, ढल व्यवस्थापन, बाटो कालोपत्रे, प्रवेशद्धार निर्माण, सिसि क्यामेरा जडान, विजुलीका पोल थपलगायतका काम गर्दै आएको समितिका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।