धार्मिक संगठनको बैठक देवघाट धाममा हुने

127

काठमाडौ । 
नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष ९ र १० गते हुने भएको छ। धार्मिक संगठनले उक्त बैठकको आयोजना तनहुँ जिल्ला स्थित पवित्र तिर्थ देवघाट धाममा गर्ने भएको छ।
उक्त बैठकमा संगठनका सम्पुर्ण पदाधिकारी,केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष हरु अनिवार्य उपस्थित हुनु पर्ने संगठनको सचिवालयले बताएको छ।
नेपालको मौलिक धर्म संस्कृति र परम्परा माथि दिनानु दिन भैरहेको स्वदेशी राजनीतिक हस्तक्षेप,विदेशी सांस्कृतिक अतिक्रमण र धार्मिक क्षेत्रलाई एकताबद्द गर्दै शक्ति शालि धार्मिक शक्ति केन्द्र बनाउने विषयमा बैठकमा छलफल हुने सचिवालयले जानकारी दिएको छ।
धार्मिक संगठनका सचिवालय संयोजक उपेन्द्र विक्रम पुरुषका अनुसार उक्त बैठकलाई भव्यताका साथ सम्पन गर्न विभिन्न धार्मिक तथा सामजिक अभियन्ताहरु समेत सहभागी हुने बताउनु भएको छ। उक्त बैठकमा सहभागिहरु सबैले आफ्नो आफ्नो धारणा राख्न पाइने समेत उहाँले बताउनु भएको छ।