पाणिनिकाे पटाैटी कुडाँपानि काँग्रेसमय, एमाले परित्याग गरि ६१ घरधुरी काँग्रेसमा प्रवेश

444

नारायण न्याैपाने/हिन्दुखबर डटकम
पटाैटी, ७ पुस । नेपाली काँग्रेसका जिल्ला सचिव अच्युत गाैतमले नेपाली काँग्रेसकाे संगठनलाई मजवुत बनाउँन सबै लाग्नुपर्ने बताउँनुभएकाे छ ।

नेपाली काँग्रेस पाणिनि-४ पटाैटीले आयाेजना गरेकाे क्रियाशील भेला तथा पार्टी प्रवेश कार्यक्रममा बाेल्दै गाैतमले नवप्रवेशीहरूलाई स्वागत गर्दै जनताकाे पक्षमा काम गर्ने बताउनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य गिता घिमिरेले पार्टीभित्र अनुशासन हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसकाे संगठन विस्तार गरि लगत्तै हुन लागेका निर्वाचनमा काँग्रेसलाई जिताउनुपर्ने बताउँनुभयाे ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्यामनाथ काश्यप, गाउँपालिका सभापति तुल्सिराम पाैडेल, प्रदेश प्रतिनिधि नारायणहरी घिमिरे, नेविसंघका जिल्ला उपाध्यक्ष घनश्याम पाैडेल, गाउँपालिका सहसचिव लिलापति घिमिरे, क्षेत्रिय प्रतिनिधि दामाेदर पाेख्रेल, महेन्द्र थापा लगाएतले मन्तव्य राख्नुभएको छ।

नेकपा एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गराउँन स्थानिय काँग्रेस नेता तथा क्षेत्रिय प्रतिनिधि महेन्द्र थापा, रामबहादुर थापा, मानबहादुर थापा, कुलप्रसाद घिमिरे लगाएतले पहल गर्नुभएको छ ।

साेही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरि ५७ जना प्रवेश गर्नुभएको छ । मसिने राष्काेटी, मेहर सिंह राष्काेटी, शिव बहादुर राष्काेटी, जुना राष्काेटी लगाएत काँग्रेस प्रवेश गर्नुभएकाे छ ।

कार्यक्रम नेपाली काँग्रेस पटाैटीका सभापति धर्मराज घिमिरेकाे अध्यक्षता, सचिव कृष्ण गैरेकाे सञ्चालन र उपसभापति हरिप्रसाद घिमिरेकाे स्वागतमा सम्पन्न भएको हाे ।