स्ववियुकाे आयाेजनामा स्नातक र स्नाकाेत्तरका नवआगन्तुक विद्यार्थीलाई पाणिनि क्याम्पसमा स्वागत

167

अर्घाखाँची, ९ पुस । अर्घाखाँची जिल्लाकाे शैक्षिक धरोहर पाणिनि बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनकाे आयाेजनामा स्नातक र स्नातकोत्तर तहमा प्रथम वर्षका नवआगन्तुक विद्यार्थी लाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
स्ववियु सभापति लक्ष्मण खड्काकाे अध्यक्षता, सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालकाे प्रमुख आतिथ्यता , सन्धिखर्क नगरपालिका उपमेयर ठाकुर विक, क्याम्पस सहायक प्रमुख बाबुराम शर्मा र एकीकृत समाजवादी जिल्ला अध्यक्ष राम बहादुर चाैहान लगाएतले मन्तव्य राख्नुभएको थियाे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वाड नम्बर १ वडा सदस्य लक्ष्मण पराजुली, अखिल (क्रान्तिकारी ) जिल्ला अध्यक्ष सुदिप खनाल, अखिल( क्रान्तिकारी ) विप्लव निकट जिल्ला अध्यक्ष बाबुराम नेपाली लगाएतकाे उपस्थित रहेको थियोे ।
कार्यक्रम स्ववियुका सभापति लक्ष्मण खड्काकाे अध्यक्षता, उपसभापति श्रीजन भुसालकाे स्वागत तथा सहसचिव कुलराज बन्जाडेकाे स्वागतमा सम्पन्न भएको हाे ।