मार्नुसको सतक, भारतविरुद्ध अस्ट्रेलिया बलियो स्थितिमा

306

बिसवन । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ५ विकेटको नोक्सानमा २७४ रन बनायो । अस्ट्रेलियाका लागि मार्नुस लबुसचेनीले सतकीय पारी खेले । उनले १०८ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया सुरुका दुई विकेट सस्तैमा गुमायो । ओपनर डेविट वार्नर १ र मार्कोस हेरिस ५ रन बनाएर आउट भए । त्यसपछि इनिङ समाहाल्न आएका मार्नुस्ले स्टिभन स्मिथसँग मिलेर टिममालाई सम्मानजक अवस्थातिर डो-याए । स्मिथले ३६, म्याथ्यु ४५ रन बनाएर आउट भए । क्याम्रोन ग्रीन (२८) र कप्तान तथा विकेट विपर टिम पाइन (३८) रन बनाएर क्रिजमा छन् ।

भारतका लागि टी नटराजनले २ तथा मोहम्मद सिराज, शार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले १–१ विकेट लिए ।