नेपाल सनातन धर्म संस्कृति संगठनको केन्द्रीय बैठक पछि जारी विज्ञप्ति

220

 काठमाडौँ । नेपाल सनातन धर्म संस्कृति संगठनको बैठक पौष ९ र १० गते संगठनको अध्यक्ष योगी पुष्पराज पुरुष ज्यूको अध्यक्षतामा देवघाट स्थित श्री गलेश्वर आश्रममा सम्पन्न भएको छ। बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको छ।

१ नेपाल सनातन धर्म संस्कृति संगठनको केन्द्रीय अध्यक्ष ज्यू लगायत सचिवालय,कोषाध्यक्ष ज्यूले प्रस्तुत गर्नु भएको प्रतिवेदनहरु सहभागीहरुबाट
आएको सुझाव समेटेर पास गर्ने निर्णय गरेको छ।
२ कार्यपत्रमा भएको विषयहरु आफु मातहतका संगठनमा लागु गर्ने र स्थानिय निकायमा संगठन विस्तार गर्ने निर्णय गरेको छ।
३ देशमा भएका तिर्थस्थलको नाम र स्थान सङ्कलन गर्ने र अभिलेख राखेर संरक्षण गर्ने निर्णय गरेको छ।
४ संगठनको स्थायित्व र आन्दोलनको लागि धर्मकोष बढाउने निर्णय गरेको छ।
५ आवश्यकता हेरेर विभिन्न क्षेत्रमा योग,साधना,धर्म ,राजनीति ,व्यापार ,कला , संस्कार ,संस्कृति र सनातन पूजा पद्धति लगायत सबै विषयमा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ।
६ ॐकार परिवारका स्वदेशी खानपान,रहनसहन,भेषभूषा र सनातन जीवनशैली अवलम्बन गर्ने कार्य घरघरबाट सुचारु गर्ने निर्णय गरेको छ।
७ राष्ट्रियता प्रति समर्पित हुँदै गौवंश संरक्षण , संस्कार परिवर्तन विरुद्ध जागरण,ॐकार परिवारका सनातन मुल्य मान्यतामा अवस्थित नेपालका सबै थरी संस्कार र संस्कृतिमा रहेका आस्थाका धरोहरहरुको रक्षाको लागि टोल टोलमा सकृय रहने निर्णय गरेको छ।
८  धार्मिक क्षेत्रको एउटै शक्तिकेन्द्र हुने गरि धार्मिक एकता र धर्ममान्ने राजनीतिक दलहरुको एउटै शक्तिकेन्द्र हुने गरि विभिन्न पार्टी ,समुह ,संगठन र धार्मिक अगुवाहरुको बिचमा एकता वा सहकार्य गराएर नेपालको सनातन शक्तिको मुलधारलाई अगाडि बढाउन पहल गर्ने निर्णय गरेको छ।
९ धार्मिक आन्दोलन सुरु गर्ने र आन्दोलनको कार्यक्रम बनाउन धार्मिक क्षेत्रको सद्भाव ,सुझाव र सहकार्यमा निर्णय गर्ने निर्णय गरेको छ
१ धर्म नमान्ने दल ,दलका नेता लगायत विधर्मी वाद र विचारहरुलाई समर्थन र सहकार्य नगर्ने र अबका दिनमा धर्म नमान्ने व्यक्ति र राजनीतिक दललाई भोट नदिने अभियान सञ्चालन गर्ने निर्णय सर्वसहमतिमा निर्णय गरेको छ।