तस्विरः सेतोपाटीबाट साभार

घनश्याम पाैडेल
अर्घाखाँची, १४ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट काँग्रेसकाे महामन्त्रीमा निर्वाचित गगनकुमार थापा अर्घाखाँचीकाे दुर्गाफाटमा आउँनुहुने भएकाे छ ।

पुस १९ गते जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा हुने बृहत कार्यकर्ताभेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नको लागि आउने कार्यक्रम रहेको थापाका स्वकीय सचिव सविन बाबू मुडहरीले जानकारी दिनुभएको छ।