ग्राण्डीको नवौँ वार्षिकोत्सव प्याकेज : रु २०२२ मै स्वास्थ्यपरिक्षण

90

काठमाडौँ, १५ पुस । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले नवौँ वार्षिकोत्सवका अवसरमा विरामीको स्वास्थ्यपरिक्षणका लागि आकर्षक प्याकेज अगाडि सारेको छ ।

विस २०६९ सालमा टोखामा स्थापना भएको ग्राण्डीले आफ्नो नवौँ वार्षिकोत्सव प्रवेशका अवसरमा स्वास्थ्यपरिक्षणका लागि नयाँ प्याकेज अगाडि ल्याएको हो ।

अस्पतालकी उप–महाप्रबन्धक अर्चना प्रधानले अस्पतालले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ र अस्पतालको नवौँ वार्षिकोत्सवको अवसरमा आकर्षक प्याकेज अगाडि ल्याएको जानकारी दिनुभयो ।

उहाँका अनुसार फास्टिङ ब्लड सुगर, लिपिड प्रोफाइल, युरिक एसिड, क्रिटिनाइन, एएलटी, सिबिसी, ईसिजी, युरिन रुटीन र डाक्टर कन्सल्टिङ उक्त रकममा गर्न सकिन्छ । ग्राण्डीले उक्त सेवालाई जनवरीभरी लागू गर्ने जनाएको छ ।