काँग्रेसको बृहत आमसभा दुर्गाफाटमा तयारी तिव्र, गगन थापा आउँने भएपछि उत्साहित काँग्रेस

243

घनश्याम पौडेल
अर्घाखाँची, १५ पुस । नेपाली काँग्रेस पाणिनी गाउँपालिका अर्घाखाँचीले दुर्गाफाटमा बृहत आमसभा कार्यक्रम गर्ने तयारीलाई तिव्र पारेको छ । दुर्गाफाटको कुडुँलेफाटमा हुने आमसभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आउँनुहुने काँग्रेस युवानेता इन्द्रमणि पौडेलले बताउँनुभयो ।

गगनकुमार थापा दुर्गाफाटमा आउँने भएसँगै अर्घाखाँची काँग्रेसमा उत्साह छाएको छ। थापाले सम्बोधन गर्ने कार्यक्रममा १० हजार कार्यकर्ताको उपस्थिती रहेने पाणिनी गाउँपालिका काँग्रेस सभापति तुल्सिराम पौडेलले बताउँनुभयो ।

आमसभामा अर्घाखाँचीका सबै वडाबाट नेता, कार्यकर्ताको उपस्थिती रहनेछ । कांग्रेस प्रदेशसभा ९ख० का क्षेत्रीय उपसभापति अर्जुन पोखरेलले यही पुस १९ गते सोमबार पाणिनि गाउँपालिकाको दुर्गाफाँटमा हुने कांग्रेसको बृहत आमसभाको तयारी तिव्र पारीएको छ ।