एमाले अर्घाखाँचीलाई पहिलो पाटी बनाउँन अध्यक्षमा मेरो उम्मेदवारीः भुसाल

1276

अर्घाखाँची, १५ पुस । नेकपा एमाले अर्घाखाँचीको अधिवेशनको समय नजिकिएसँगै जिल्लामा चहलपहल बढेको छ । नेकपा एमाले अर्घाखाँचीको अध्यक्ष पदको जिम्मेवारी लिन लुम्बिनी प्रदेश कमिटीका सदस्य पिताम्बर भुसालले अग्रसरता बढाएका छन् ।

पुस २३ गते सन्धिखर्कमा हुने ८ औं जिल्ला अधिवेशनमा एमाले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन । मालारानी गाउँपालिका वडा नं. ५ बागीँमा जन्मिएका भुसाल विद्यार्थी राजनिति देखी नै पाटीमा सक्रिय छन् । २०५४ सालमा गाविस अध्यक्ष बनेका भुसाल सानै उमेरदेखी नै पाटीभित्र लोकप्रिय रहेको कार्यकर्ताहरु बताउँछन् । उनले राजनितिक जिवनमा लाभको पद लिनपनि खोजेनन् । स्थानिय, प्रदेश र संघको निर्वाचनमा एमालेलाई विजयी बनाउँन सक्रिय भएका भुसालको उम्मेदवारीले थप चर्चा पाएको छ ।

एमाले नेता भुसाल २०४७ सालअघिसम्म अनेरास्ववियुको संगठन विस्तारमा लाग्दै पाटी राजनितिमा होमिएका हुन । पाटीको वडाको अध्यक्ष, इलाका अध्यक्ष, जिल्ला सदस्य हुदैँ प्रदेश सदस्य भईसकेका छन् । पाटीको संगठन विभाग प्रमुख भएर संगठन निर्माणमा काम गरेको भुसालले बताए ।

नेकपा एमाले अर्घाखाँचीको संगठनलाई वलियो बनाउँन अध्यक्षमा उम्मेदवारी रहेको भुसालले बताए । ८ औं अधिवेशनको क्रममा वडा हुदैँ पालिका अधिवेशन सम्पन्न बनाउँन भुसालले महत्वपुर्ण जिम्मेवारी पुरा गरिसकेका छन् ।