काँग्रेसका दुई महामन्त्रीको जिल्ला भ्रमणः गगन थापा अर्घाखाँचीमा, विश्वप्रकाश शर्मा पोखरामा

224

काठमाडौं, १५ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएसँगै कार्यकर्तामा खुसीयाली छाएको छ । गगन कुमार थापा महामन्त्रीमा विजयी भएपछि पहिलो जिल्लाको भ्रमण अर्घाखाँचीबाट सुरु हुदैँछ । थापा अर्घाखाँचीको दुर्गाफाटमा हुने बृहत आमसभालाई सम्बोधन गर्न पुस १९ गते जाने कार्यक्रम तय भएको थापाका स्वकिय सचिव सबिन बाबु मुडहरीले बताए ।

गगन कुमार थापा अर्घाखाँची पुग्ने भनेपछि कार्यकर्तामा उत्साह छाएको छ । करिब १० हजार कार्यकर्ताहरु उक्त कार्यक्रममा उपस्थिती हुने काँग्रेस पाणिनी गाउँपालिका सभापति तुल्सिराम पौडेलले बताउँनुभयो । गगन थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि जिल्लाको भ्रमण सुरु भएको छ ।

शर्माको आधिकारीक फेसबुक पेजमार्फत भोली पुस १६ गते काँग्रेसको मेलमिलाप दिवसको दिन पोखरामा पुग्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेस कास्कीले आयोजना गरेको ४६ र्औँ मेलमिलाप दिवसलाई सम्बोधन गर्न शर्मा पोखरा जान लाग्नुभएको छ । पोखरामा शर्माले कार्यक्रममा सम्बोधन सँगै कार्यकर्तासँगको भेटघाट कार्यक्रम रहेको महामन्त्री शर्माको सचिवालयले जनाएको छ । पछिल्लो समय नेपालका अधिकाशं जिल्लामा थापा र शर्माको माग बढी रहेको छ ।