जनताले बहुमत दिएर पनि ओलीले सरकार चलाउन सकेनन्: सभापति मुस्कान

452

अराज बेल्वासे
शितगंगा, ३ माघ । प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा नेपाली काँग्रेस सितगंगा नगरपालिकामा बृहत विरोध सभा कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णु मुस्कानले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको र संविधानको मर्म भन्दा बाहिर गएर संसद विघटन गरेको भन्दै चर्को आलोचना गर्नुभयो ।

जनचाहना बमोजिम सरकार चलाउन नसकेको वर्तमान सरकारबाट अब आशा गर्ने ठाउँ नरहेको र संविधान नै धरापमा पारेर ब्यवस्था माथी खेलवाड गरेको आरोप मुस्कानले लगाउनु भएको छ।

जनताले बहुमत दिएर पनि सरकार चलाउन नसकेको कम्युनिष्ठ देश बिकासको सपना देख्न नसकिने बताउनुभयो । नेपालको हरेक इतिहासका आन्दोलन काग्रेशको नेत्ततृत्वमा सम्पन्न भएको बताउनुभयो । आफ्नै सरकार चलाउन नसकेर हात उठाएर टुडिखेलमा मान्छे जम्मा गरेर फेरी भोट दिनुस भन्न लाज मान्नु पर्नेमा अझै गर्व गर्ने गरेको देख्दा दया लाग्ने गरेको बताउनुभयो ।

No description available.

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य तथा शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले कम्युनिष्ठको नाममा जनता सँग भोट माग्न अब लाज मान्नु पर्ने बताउनु भयो । शितगंगा नगरपालिकामा बिपत पर्दा समेत नेकपाले कुनै सहयोग नगरेको बताउनुभयो । उहाँले नेकपाका टोपबहादुर रायमाझी, रामजी घिमिरेले गरिव र नुमुखाकम कुरा गर्न नसुहाउने बताउनुभयो । नेकपाको सरकारका प्रतिनिधीहरुले कुनै भुमिका नखेलेको र सरकारले पहिरो पिडितलाइ लखेट्दा टुलुटुलु हेरेर गरिवका कुरा गर्न नसुहाउने बताउनुभयो ।

No description available.

कार्यक्रम नगर संयोजक मोति बहादुर बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासमिति सदस्य सुर्य प्रसाद अधिकारी, पुर्व सचिव लोकेन्द्र बिक, चिकित्सक सघंका पुर्व अध्यक्ष डा.मुक्ति श्रेष्ठ, जिल्ला सदस्य जुन बहादुर पुलामि, हेमन्त बेल्वासे, माधव प्रसाद पौडेल, पुर्व जिल्ला सदस्य केशव अधिकारी, शिक्षक संघका नगर अध्यक्ष राजेन्द्र केसि, सितगंगा नगरपालिका १४ वटा वडाका सभापतिहरु, वडा अध्यक्षहरु लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सितगंगा नगरपालिका नगर सचिव सुमन्त पौडेले गर्नु भएको थियो। यस्तै शितगंगा नगरपालिकाको विभिन्न स्थानबाट ९५ जना नेपाली काँग्रेसम प्रवेश गरेका छन ।