कांग्रेस महामन्त्री थापा हेलीकप्पटरबाट दुर्गाफाँट आईपुगे

900

अर्घाखाँची, १९ पुस ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अर्घाखाँचीको दुर्गाफाटमा आएका छन् । नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाटमा राखेको आमसभा तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न नेता थापा दुर्गाफाट आएका हुन ।

महामन्त्रीमा निर्वाचित पश्चात् थापाको पहिलो कार्यक्रम अर्घाखाँचीबाट सुरु भएको छ ।

पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न थापासँगै कांग्रेस केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवानेता डिल्लीराम सुवेदी लगाएतका नेताहरु दुर्गाफाटमा आएको कांग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेलले बताउनुभयो ।कार्यक्रममा करिब ८ हजार मानिसको जनसहभागिता रहेको कांग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।