एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश,महामन्त्री थापाले गरे स्वागत

4429

अर्घाखाँची, १९ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई कांग्रेसमा प्रवेश गराएका छन् ।

अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराईएको कांग्रेस पाणिनी गाउँपालीकाले जनाएको छ ।

पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवानेता डिल्लीराम सुवेदी लगाएतका नेताहरु कार्यक्रममा सहभागी रहेको कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ ।

दुर्गाफाँटमा आएका छन् कार्यक्रममा करि, ८ हजार मानिसको जनसहभागिता रहेको कांग्रस पाणिनी गाउँपालिकाका सभापति तुल्सिराम पौडेलले बताए ।