महामन्त्रीमा निर्वाचित पछि गगनको अर्घाखाँची पहिलो कार्यक्रम, ४७५ जनालाई काँग्रेस प्रवेश गराएर फर्किए

224

घनश्याम पौडेल
अर्घाखाँची, १९ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि गगन थापाको पहिलो कार्यक्रम अर्घाखाँचीबाट सुरु भएको छ । अर्घाखाँचीको पाणिनी दुर्गाफाटमा भएको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले काँग्रेसलाई बलियो बनाउन एकजुट हुनुपर्ने बताए ।

नेकपा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित रेवती पौडेल, विष्णुभक्त पोख्रेल सहित ४७५ जना नेकपा एमाले, माओवादी र नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नुभएको काँग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले बताए ।

नवप्रवेशी ४७५ जनालाई काँग्रेसमा महामन्त्री गगन थापाले स्वागत गरेका हुन । स्वागत गर्दै थापाले काँग्रेसमा प्रवेश गरेकाहरुलाई निराश नपार्ने गरी जनताको पक्षमा काम गर्ने बताए । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय पुस्पा भुसाल, सञ्जय गौतम, प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डेले मन्तव्य राख्दै काँग्रेसलाई एकजुट बनाएर लैजाने बताए ।

कार्यक्रम नेपाली काँग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेलको अध्यक्षता, जिल्ला सचिव अच्युत गौतमको सञ्चालन र यादव घिमिरेको स्वागतमा सम्पन्न भएको हो ।