धातिवाङ्गमा ९५ प्रतिशत याेजना सम्झाैता, समयमै याेजना सम्पन्न गरिने

205

हिन्दुखबर संवाददाता
अर्घाखाँची, २० पुस । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा ९५ प्रतिशत याेजनाहरूकाे सम्झाैता सकिएकाे छ ।

आर्थिक वर्ष २०७८/०७९ मा सम्पन्न हुने याेजनाहरू मध्ये गाउँपालिकाले विनियोजन गरेकाे रकममा काम गर्ने याेजनाकाे अनुगमन गरि स्टिमेट गरेर याेजना सम्झौता गरिएकाे प्राविधिक देवराज घिमिरेले बताए ।

सम्झौता भएका याेजनाहरूकाे अनुगमन गरेर काम सम्पन्न पश्चात् भुक्तानीका लागि प्रक्रिया अगाडि बढाउने प्राविधिक घिमिरेले बताए ।

स्थानीय तहकाे निर्वाचन छिटो हुने भएकाले समयमै याेजनाहरूकाे कार्य सम्पन्न गरिने वडा अध्यक्ष शुभबहादुर सारूले बताए । धातिवाङ्ग चालू आवमा २४ वटा याेजना रहेका छन् ।