एमाले अर्घाखाँचीकाे अध्यक्षमा जिवनारायण काेईरालाकाे उम्मेदवारी घाेषणा

673

घनश्याम पाैडेल
अर्घाखाँची,२२ पुस । नेकपा एमाले अर्घाखाँचीकाे पुस २३ अर्थात भाेलिबाट सुरू हुने महाधिवेशनमा जिल्लाकाे नेतृत्व लिनका लागि नेताहरू दाैडधुपमा छन् । जिल्ला कमिटीकाे उपाध्यक्ष हुँदै कावा अध्यक्ष समेत हुनुभएका जिवनारायण काेईरालाले जिल्ला अध्यक्षमा उम्मेदवारी घाेषणा गरेका छन् ।
काेईराला २०३२ सालदेखि अनेरास्ववियुमा आवद्व हुदै २०३६ सालमा अनेरास्ववियुकाे सदस्यता लिएकाे घाेषणापत्रमा उल्लेख गरेका छन् । २०४३ सालमा युवक संगठनकाे जिल्ला सदस्यमा निर्वाचित भएका काेईरालाले २०४४ सालदेखि २०५३ सालसम्म भारतमा रहि एमाले निकटका संगठनमा आवद्व हुँदै कार्यभार समालेका थिए ।
काेइराला २०५४ सालदेखि अर्घाखाँचीमै रहि राजनीतिमा सक्रिय छन् । २०५४ सालमा वडा सदस्यमा निर्वािचत काेईराला २०५५ सालमा जिल्ला विकास समितिकाे सदस्यमा निर्वाचित भए ।
२०६९ सालमा एमालेकाे क्षेत्रिय अध्यक्ष भएका काेईराला सचिवालय सदस्य हुँदै जिल्ला उपाध्यक्षमा निर्वाचित भए । काेईरालाले पार्टीमा कार्यवाहक अध्यक्ष भएर पनि काम गरेकाे घाेषणापत्रमा उल्लेख गरेका छन् ।