पाणिनीको दुर्गाफाटमा काँग्रेसको शक्ति प्रदर्शन (तस्विर सहित)

617

संगम भट्टराई
पाणिनी अर्घाखाँची, ३ माघ । नेपाली काँग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष कृष्णबहादुर ज्ञवालीले नेकपाले जनमतको अपमान गर्ने काम प्रधानमन्त्रीबाटै भएकाले सरकारले सजिलै चुनाव गराउँछ, भनेर उत्साहित हुनुको अर्थ नभएको बताउँनुभयो ।

No description available.

देशमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रनै समाप्त पर्ने खेलमा बर्तमान कम्युनिष्ट सरकार लागेपछि कांग्रेस आन्दोलनमा उत्रनु परेको उहाँले बताउँनुभयो । कार्यक्रममा महासमिती सदस्य यादवप्रसाद घिमिरेले जनताको बलीदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्न सरकार बिरुद्ध कांग्रेस सडकमा आएको बताउनुभयो ।

No description available.

क्षेत्रीय सभापति अच्युत गौतमले केपी ओली सरकारले जनतालाई बेकुब बनाएको आरोप लगाउँनुभयो । उहाँले कम्युनिष्ट सरकारको चरित्रता नेपाली जनताले देखेको बताउँनुभयो ।

No description available.

कार्यक्रममा पुर्व जिल्ला उपसभापति श्यामनाथ काश्यप, महिला नेतृ अम्बिका पोख्रेल, आमन्त्रीत जिल्ला सदस्य तुल्सी पौडेल, पटौटीका पुर्व वडा अध्यक्ष नारायणहरी घिमिरे, मैदानका काँग्रेस सभापति शालिकराम घिमिरे, वडाअध्यक्षहरु शुभबहादुर सारु, शालिकराम भट्राई, तरुण दलका अध्यक्ष लक्ष्मण पाण्डे, नेविसंघका पुर्व अध्यक्ष युवराज पाण्डे, पालीका उपसभापति नुरमहमद अली, अडगुरीका उपसभापति रुद्र महत्रा, क्षेत्रिय आमन्त्रीत सदस्य मधु पन्त, प्रेस युनियनका केन्द्रीय प्रतिनिधी घनश्याम पौडेल, मुस्लीम संघका खबर अली लगाएतले मन्तव्य राख्दै ओली सरकारको कदमविरुद्ध एकजुट हुनुपर्ने बताएका थिए ।

No description available.

कार्यक्रम नेपाली काँग्रेस पाणिनीका संयोजक विष्णु अर्यालको अध्यक्षता, नेविसंघ पुर्व जिल्ला सचिव कृष्ण पौडेलको सञ्चालन र काँग्रेस पालीका सभापति यज्ञ पौडेलको स्वागतमा सम्पन्न भएको हो ।

No description available.

सोही कार्यक्रममा नेकपा परित्याग गरी पणेनाका कृष्णबहादुर विक, पाणिनी अडगुरीका सन्तोष घर्ती, पाणिनी पाली मधुलेखका कृष्णप्रसाद पन्थी, पालीका हिमा मुखीमा, विना मुखीया, मायाँ मुखीया काँग्रेस प्रवेश गरेका छन ।

No description available.