अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले प्रचण्ड र माधव जि जनताको नजरमा कम्युनिस्ट हुनै नसक्ने बताएका छन् ।

नेकपा एमाले अर्घाखाँचीको आठौ जिल्ला अधिबेशनलाई उद्घाटन गर्दै सुर्य चिह्नबाट चुनाव लडेर अरु पाटिको पछि लाग्नु अपराधिक गतिबिधी भएको समेत बताएका छन ।
उनले भने “सुर्य चिह्नबाट चुनाव लड्ने कम्युनिष्ट सिद्धान्त र घोषाणपत्रबाट जितेर बुढो रुखको पछि लाग्नु राजनैतिक होइन, अराजनैतिक र अपराधिक गतिबिधि हो ।”

यस्तै रायमाझिले राष्ट्रिय सभाको उपचुनावमा एमालेसँग चुनाव लड्न राजनितीक दल डराएका कारण सत्ता गठबन्धन भएको बताए । राष्ट्रिय सभाकाे निर्वाचन हामिले हारेपनि अब जनता एमाले नेतृत्व सरकारको प्रतीक्षा गरिरहेको बताएका छन् ।

पार्टी एकताको सन्देश दिदै नेकपाको निरन्तरताको रुपमा एमाले रहेको बताउँदै बिचार बिहिन यात्रामा निस्किएका प्रचण्ड र माधव निस्केको बताए ।