प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेललाई गृहजिल्लामा सम्मान गरिएको छ । पोखरेल बिहीबार गृहजिल्ला प्यूठान पुगे लगत्तै कांग्रेस कार्यकर्ताले विभिन्न स्थानमा सम्मान तथा पार्टी प्रवेशका कार्यक्रम संचालन गरेका छन् ।

बिहीबार रुपन्देहीमा विभिन्न पेशा तथा अध्ययनका लागि बस्नेहरुले बुटबवलमा, दाङको भालुवाङमा र सरुमारानीको दरभानमा स्वागत तथा सम्मान गरिएको थियो भने शुक्रबार मल्लारानी गाउँपालिका र प्यूठान नगरपालिकाको टिकुरीमा स्वागत तथा सम्मान गरिएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य पोखरेल, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी, प्रदेश सदस्य शुभाष केसी, साधना राउत र जिल्ला सभापति विष्णुकुमार गिरीलाई सम्मान गरिएको छ ।

मल्लारानी गाउँपालिकामा आज भएको कार्यक्रममा करिब १ सय ५० विभिन्न दलका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
पोखरेल कांग्रेसको इतिहासमा पहिलो पटक प्यूठानबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गरेकाले कांग्रेस प्यूठानमा उत्साह थपिएको लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरिले बताईन् ।