परिषद्को २४ औं स्थापना दिवसको अवसरमा श्रीमद्भगवद्गीता वितरण

70

बुटवल, २४ पौष नेपाल ज्योतिष परिषद्को २४ औं स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति रूपन्देहीले पनि पौष २४ गते शनिबार श्रीमद्भगवद्गीता वितरण तथा वृद्धवृद्धालाई संमान कार्यक्रम सम्पन्न गरेको छ । परिषद्का रूपन्देही अध्यक्ष चक्रपाणी डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रम श्रीङ्गेश्वर धाम डिङ्गरनगर ,तिलोत्तमा रूपन्देहीमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ रूपन्देहीका उपाध्यक्ष प्राध्यापक डा. बाबुराम ज्ञवालीले श्रीमद्भगवत गीता सबै ग्रन्थको सार भएको बताउदै गीता ज्ञान सबैले अनुसरण गर्न आवश्यक रहेकोमा जोड दिनु भएको थियो । विशेष अतिथि परिषद्का लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले परिषद्का गतिविधि बारे प्रकाश पार्नु भएको थियोे । कार्यक्रम संयोजक एवं परिषद्का रूपन्देही सदस्य चुडामणि पाण्डेले गीता वितरण गर्नु भएको थियो ।

सो क्रममा पाण्डेले ” एक घर एक गीता सबैको निधारमा टीका “ भन्ने अभियानका साथमा आफुले विभिन्न ठाउँमा हजार भन्दा बढी गीता वितरण गरेको जानकारी दिनुभएको थियो । कार्यक्रममा बीसजना वृद्धवृद्धालाई संमान गरिएको थियोे । कार्यक्रममा परिषद्का लुम्बिनी प्रदेश कोषाध्यक्ष खिमप्रसाद पौडेल , शान्ति टोलविकास समितिका अध्यक्ष कपिल अधिकारी , श्रीङ्गेश्वर धामका कोषाध्यक्ष गणेशप्रसाद न्यौपाने , तान्त्रिक एवं साधक चुडामणि पाण्डे , इन्दप्रसाद न्यौपानेले बोल्दै परिषद्ले गरेको कार्यको प्रसम्सा गर्दै २४ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो । परिषद्का रूपन्देही अध्यक्ष चक्रपाणी डुम्रेले कार्यक्रम उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्ता कार्य हरूलाई निरंतरता दिने प्रतिबद्धता जनाउनु भएको थियो ।

जिल्ला उपाध्यक्ष त्रिभुवन न्यौपानेको स्वागत एवं सहसचीव ज्ञानहरि अर्यलको संचालनमा सम्पन्न कार्यक्रममा परिषद्का कार्यसमिति सदस्य ,साधारण सदस्य ,लगाएत केन्द्रिय तथा प्रदेश पदाधिकारीहरू, ज्योतिषीहरू , पण्डितहरू , वृद्धवृद्धा एवं स्थानीय भक्तजन गरि सय जना बढीको सहभागिता रहेको जिल्ला सदस्य शेषनाथ पाध्यायले जानकारी दिनु भयो ।