कांग्रेस उपसभापति गुरुङले गरे लिपुलेकमाथि भारतले गरिरहेको दाबाबारे वार्ता गर्न माग

68

काठमाडौं, २७ पुस। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि गरिरहेको दावा’ भनेका छन् ।

यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग गरेका छन् । उनले लेखेका छन्, ‘पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।’