गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल अभियानको आज ९३ वडाबाट शुभाराम्भ

69

गुल्मी : गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल” अभियानको आज (मंगलबार) जिल्लाका ९३ वटै वडाबाट शुभाराम्भ हुने भएको छ । ९३ वटै वडामा प्रतिनिधि खटाएर एकैदिन विभिन्न कार्यक्रमहरु गरेर अभियानको शुभाराम्भ गर्न लागिएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको यहि पौष २१ गते बसेको बैठकको निर्णय अनुसार “गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल” अभियान अन्तर्गत जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर विभिन्न कार्यक्रमहरु गरेर अभियानको शुभाराम्भ गर्न लागिएको सभापति खिलध्वज पन्थीले बताए ।

उनले पार्टी संगठनलाई बलियो बनाउनका लागि यस्तो अभियान सन्चालन गरेको बताए । कांग्रेस पार्टीलाई जिल्लामा सबल र सक्षम पार्टी बनाउन सबै तहका नेता तथा कार्यकर्ताहरु सक्रिय हुनुपर्ने भएकोले यो अभियानको आवश्यकता परेको सभापति पन्थीले बताए ।

जिल्लामा कांग्रेस पार्टीमा एकता र एकरुपता कायम राख्नको लागि पनि यो अभियान सन्चालन गरिएको उनको भनाइ छ । हामीले प्राप्त गरेको जिम्मेवारीलाई कर्मको रुपमा रुपान्तरण गरेर देखाउने बेला आएकोले पनि अभियान संचालन गरिएको बताए ।
उनले अभियानको ९३ वटै वडाबाट शुभाराम्भ गर्नको लागि जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य एवम् भातृ तथा शुभेच्छुकहरुलाई पनि प्रतिनिधिको रुपमा खटाइएको उल्लेख गरे ।