नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

93

काठमाडौं, २७ पुस । नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट खोल्ने विषय विवादित बनेपछि त्यहाँका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक दाहालले पर्यटन मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । दाहालले राजीनामाको एक प्रति आफूलाई पठाएको मन्त्री आलेले बताए । बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा ‘कौडीको मूल्य’ मा हात पारेको पर्यटन मन्त्रालयको छानबिनमा देखिएको थियो ।

पर्यटन मन्त्रीको सचिवालयले दाहालको राजीनामा पुष्टि गरेको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग पछिल्लो समय दाहालको सम्बन्ध चिसिएको थियो।