हिन्दुखबर संवाददाता
अर्घाखाँची, २८ पुस । अर्घाखाँची जिल्लामा आज १४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनाेद खनालले दिएकाे जानकारी अनुसार पाणिनिमा १२५ जनामा परिक्षण गर्दा ११ जना संक्रमित देखिएकाे हाे।

छत्रदेवमा १ जना, भुमिकास्थानमा १ र शितगंगामा १ जनामा पुष्टि भएको प्रशासन अर्घाखाँचीले जनाएको छ।

संक्रमण पुष्ठि हुनेमा धेरैजसो सोहि शिक्षालयमा अध्यनरत विद्यार्थी र केहि स्थानीय बासी रहेकाे पाणिनि गाउँपालिका अर्घाखाँचीले जनाएको छ ।