अदालतले विवेक पुर्याएर जनतालाई न्याय दिनुपर्छः नेविसंघ महामन्त्री तिमिल्सना

501

प्रेमनारायण आचार्य
सन्धिखर्क ३ माघ । सरकारको असंबैधानिक कदमको बिरोध गर्दै नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा पुनस्थापना माग गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा नेपाली कांग्रेसले प्रदर्शन गरेको हो ।

कार्यक्रममा नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले सरकार भष्ट्रचारमा लिप्त रहेको आरोप लगाए । तिमिल्सनाले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको र संविधानको मर्म भन्दा बाहिर गएर संसद विघटन गरेको भन्दै चर्को आलोचना गर्नुभयो ।

उनले सर्वोच्च अदालत संविधानको धाराले जन्माएकाले अदालत प्रधानमन्त्रीबाट प्रभावित हुनु गम्भीर विषय भएकाले अदालतले विवेक पुयाएर जनतालाई न्याय गर्नुपर्ने धारणा तिमिल्सनाले राखे ।

प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री, कांग्रेस जिल्ला सहसचिव इन्सु मिया, महिला संघ क्षेत्रीय सभापति शान्त खनाल, तरुण दलका लिलामणी पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम मालारानी संयोजक शोभाखर खनालको सभापतित्व, भरत थापाको स्वागत र लक्ष्मण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेस मालारानीको आयोजनामा भएको बिरोध सभा कार्यक्रम खनदहमा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा परित्याग गरी ७७ जना नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस मालारानीका संयोजक शोभाखर खनालले बताउनु भयो ।

नेपाली कांग्रेस सन्धिखर्क नगर कार्य समितिको आयोजनामा सन्धिखर्कमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब सभापति तथा जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा, नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, क्षेत्रिय सभापति केशवराज कुवर, नेपाल महिला संघकी सचिव छमा कार्की, गणेशबहादुर सिंह, तरुण दलका नगर संयोजक जमसेर मिया लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम नगर सभापति विनोद आचार्यको अध्यक्षता , इन्द्रमणि न्यौपानेको सञ्चालन र ठाकुर भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । कार्यक्रम हुनु अघि सरकार विरोधी चर्का नारावाजी गर्दै सन्धिखर्कमा बिरोध जुलुस प्रदर्शन गरिएको थियो ।

प्रतिनिधि सभा विघटनको असम्भैधानिक र अलोकतान्त्रिक कदमाका विरुद्धमा नेपाली काङ्ग्रेस भुमिकास्थान नगर कार्य समितिको आयोजनामा भुमिकास्थान नगरपालिकाको पोखेडाडामा बृहत बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सचिब बिस्नु भुसाल , नेपाली काङ्ग्रेसका जिल्ला सदस्य प्रेमनारायण बेल्बासे, बैकुण्ठ थापा, ज्ञान बहादुर बिक, संगीता बेल्बासे, चन्द्रा गैरे, लेखनाथ पान्डे, भुमिकास्थान नगरपालिकाका उपमेयर खडान्नद बेल्बासे,नेपाली काङ्ग्रेस प्रदेश सभा क का सचीव युबराज खनाल, भुमिकास्थान नगरपालिका वडा न ६ का वडा अध्यक्ष झबिलाल बन्जाडे, नेपाल शिक्षक संघ भुमिकास्थानका नगर सभापति काशी राम गैरे, नेपाल महिला संघ भुमिकास्थान नगर सभापति श्रीजना थापा, नेपाली काङ्ग्रेस भुमिकास्थान नगरपालिका वडा न ९ का वडा सभापती उमेश घिमिरे, नेपाल तरुण दल पुर्ब जिल्ला कर्य समिती उपाध्यक्ष तारा घिमिरे लगायतले कार्यक्रममा मन्तव्य राख्दै सर्बसत्ताबादी ओलि सरकारको बिरोध गर्दै संविधान रक्षाका लागि एक जुट भएर लाग्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रम नेपाली काङ्ग्रेस भुमिकास्थान नगर संयोजक खिम प्रसाद श्रेष्ठ को सभापतित्व र नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती युबा विद्यार्थी बिभाग सदस्य सुरज रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा पार्टी परित्याग गरि मोतिलाल बिक र सुमित्रा सुनारको नेतृत्वमा २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।