स्वास्थ्य सर्तकता अपनाउँदै मालारानीमा भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने निर्णय

158

घनश्याम पौडेल
अर्घाखाँची, २९ पुस । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा भौतिक रुपमै विद्यार्थी उपस्थिती गराएर विद्यालय सञ्चालन गरिने भएको छ । मालारानी गाउँपालिकामा कोरोना महामारीको अवस्था सामान्य रहेका कारण विद्यालय सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले बताए ।

२०७८ पौष मसान्तसम्म रहेको हिउँदे विदापश्चात स्वास्थ्य सर्तकताका मापदण्ड पालना गर्नेगरी भौतिक रुपमै नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गाउँ शिक्षा समितीको बैठकले गरेको हिन्दुखबर डटकमलाई गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।No photo description available.