बुटवल, ३० पुस । शुक्रबार एक क्लबको निर्माणाधीन भवनमा आगलागी भएको छ ।

बुटवल उपमहानगरपालिका–९ को सिद्धार्थ कटेज नजिकै ‘प्लान बी डान्स क्लब’को बन्दै गरेको भवनमा दिउँसो साढे १२ बजेदेखि आगलागी भएको हो ।

आगो के कारणले लागेको हो भन्नेबारे पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल प्रयोग भइरहेको छ । तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको प्रहरीले जनाएको छ ।