संगम भट्टराई
पाणिनी, ३ माघ । नेपाली काँग्रेस अर्घाखाँचीले जिल्लाका ६ वटै स्थानिय तहमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा जिल्लाभर विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा सयौँको संख्यामा प्रवेश गरेका छन ।
सोही कार्यक्रममा नेकपा परित्याग गरी पणेनाका कृष्णबहादुर विकलाई काँग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण ज्ञवाली, क्षेत्रिय सभापति अच्युत गौतम, वडा सभापति द्यातानन्द पोख्रेल, वडा अध्यक्ष शालिकराम भट्टराईले स्वागत गर्नुभएको हो ।
पाणिनी अडगुरीका सन्तोष घर्ती, कृष्ण महत्रा र विष्णु रिजाल काँग्रेसमा प्रवेश गरेका छन । नवप्रवेशीलाई काँग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण ज्ञवाली, आमन्त्रीत जिल्ला सदस्य तुल्सिराम पौडेल, सभापति फर्सुराम श्रेष्ठ, उपसभापति रुद्र महत्राले स्वागत गर्नुभएको हो ।
पाणिनी पाली मधुलेखका कृष्णप्रसाद पन्थी, पालीका हिमा मुखीमा, विना मुखीया, मायाँ मुखीया सहित २५ जनालाई काँग्रेसका सभापति यज्ञ पौडेल, उपसभापति नुरमहमद अली, महिला नेतृ मधु पन्त लगाएतले काँग्रेसमा स्वागत गरेका थिए ।