भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगीद्वारा अध्यक्ष भण्डारीलाई बधाइ

877

काठमाडौँ ।

भारत उत्तर प्रदेशका तर्फबाट विश्व हिन्दु महासंघका कावा अध्यक्ष अस्मिता भण्डारीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएको छ ।

विश्व हिन्दु महासंघ उत्तर प्रदेश भारतका अध्यक्ष भिखारी प्रजापति द्वारा प्रेसित पत्रमा भनिएको छ । भगवान् गुरु गोरखनाथ र भगवान् पशुपति नाथको असिम कृपाबाट बिश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्ष बन्न सफल हुनुभएकोमा बिश्व हिन्दु महासंघ भारत उत्तर प्रदेशको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछौं ।

पत्रमा भनिएको छ प्रातः स्मरणीय अनन्तश्री बिभूषित ,गोरक्ष पिठाधिश्वर माननीय मुख्य मन्त्री उत्तर प्रदेश सरकार , बिश्व हिन्दु महासंघ भारतका राष्ट्रिय अध्यक्ष पूज्य चरण योगी आद्धित्यनाथजी द्वारा निर्देशित विश्व हिन्दु महासंघ भारत च्याप्टर तपाईंको अध्यक्षतामा सर्वोच्च शिखरमा पुगी हिन्दु संस्कृतिको आफ्नो व‌ैभवलाई अक्षुुण्ण राख्न सकोस् , नेपाल फेरि पनि हिन्दु राष्ट्र बनोस् हाम्रो सुभेच्छा रहेको छ ।

गत मंसिर २५, २६ र २७ गते काठमाडौंमा आयोजित बिश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको हो । महासंघको इतिहासमा उहाँ पहिलो महिला अध्यक्ष बन्न सफल हुनुभएको हो ।

No description available.