File photo

काठमाडौं, ३ माघ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भोलि ४ गते पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको छ। दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको बताईएको छ । सरकारले यसबारे निर्णय गर्नुपर्ने छ,’ देउवा निकट एक नेताले भने, ‘अब संयन्त्रको बैठकमा यस विषयमा छलफल भएपछि निर्णय होला।’