काँग्रेस अर्घाखाँचीको नाममा खोलिएका फेसबुक एकाउन्ट बन्द गर्न सभापति श्रेष्ठको निर्देशन

792
घनश्याम पौडेल
अर्घाखाँची, ३ माघ । नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले पार्टीको नाममा सञ्चालन भएका फेसबुक एकाउण्ट बन्द गर्न निर्देशन दिएका छन् ।                                                                                                 सोमबार विज्ञप्ती जारी गर्दै सभापति श्रेष्ठले नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँची भनि विभिन्न व्यक्तीहरुले सामाजिक सञ्जाल फेसबुक एकाउन्ट सञ्चालन गरेको पाईएकोले पार्टीेको नाममा आधिकारीकता बिना कुनै पनी फेसबुक एकाउण्ट सञ्चालन नगर्न आग्रह गरेका छन् ।