नगर प्रमुख सहित कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिका बन्द

364

हरिप्रसाद भुसाल
अर्घाखाँची, ३ माघ । नगर प्रमुख कमल प्रसाद भुसाल सहित कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा वन्द गरेको छ ।

कोरोनाको संक्रमण थप फैलन नदिनको लागि भन्दै नगरपालिकाले यही माघ ४ गतेदेखी ७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रकासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

अर्यालले एक सूचना जारी गर्दै नगरपालिका कार्यालयको आजको वैठकले ७ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजिन परिक्षणमा १५ जनामा संक्रमण पुष्टी भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा जारी रहनेछ, भने अन्य सेवा ७ गतेसम्म बन्द रहनेछ ।